विजयादशमीको प्रसादस्वरूप टीका र आशीर्वाद थाप्ने परम्परा जारी, कोजाग्रत पूर्णिमासम्म अवसर

2 महीना पहिले प्रकाशित

काठमाडौ, असोज २७ गते । आश्विन शुक्ल एकादशीका दिन नवदुर्गाको प्रसादस्वरूप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनको घरमा जानेक्रम आज पनि जारी रहेको छ। नवदुर्गाको पूजा आराधना सम्पन्न गरी विजयादशमीमा देवी विसर्जनपछि सुरु भएको टीका लगाउने र आशीर्वाद थाप्ने परम्परा कोजाग्रत पूर्णिमासम्म निरन्तर चलिरहन्छ। पहिलो दिन नपुगेकाहरू पूर्णिमासम्म टीका थाप्न मान्यजनकहाँ जाने गर्छन्। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, अखिल बलिपूर्ति नभएसम्म शास्त्रीय रूपमा नवदुर्गाको प्रसाद लगाउन कुनै रोकटोक छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?