जनकपुरधामको गुठी जग्गा प्रदेश मातहतमा ल्याउने प्रयास
जनकपुरधाम, असोज १८ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रको अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकार मातहतमा ल्याउने योजना अघि बढाइएको जानकारी दिएका छन्। जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु गरिएको 'सस्तो बजार'को उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले गुठी जग्गाको सदुपयोग गरी क्षेत्रको विकासमा योगदान पुर्याउने उद्देश्यले यसलाई प्रदेश मातहत ल्याउन प्रयास भइरहेको बताए। जनकपुरधामका बासिन्दालाई दीर्घकालीन लाभ पु¥याउने योजना सहित प्रदेश सरकार सक्रिय रहेको उनको भनाइ छ।
मुख्यमन्त्री सिंहले जनकपुरधामको ऐतिहासिक ५२ बिघा जग्गामा जनक दरबारसहित सभा हल र अन्य पूर्वाधार विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने कार्यलाई प्रदेश सरकारले प्राथमिकता दिएको जनाए। साथै, दुग्धमति क्षेत्रको धार्मिक र ऐतिहासिक महत्वलाई कायम राख्दै यसको पूर्व स्वरूप अनुसार विकास गर्न प्राविधिक टोली परिचालन गरिएको जानकारी दिए। यस अवसरमा प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुरले जनकपुरधामको समग्र विकासका लागि जनकपुर विकास प्राधिकरणको आवश्यकता औँल्याए भने उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले सस्तो बजारबाट सर्वसाधारण उपभोक्ताले लाभ पाउने आशा व्यक्त गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments