वडाध्यक्ष निलम्बनमा, घुस प्रकरणमा विशेष अदालतमा मुद्दा दायर
3 महीना पहिले प्रकाशित
जनकपुरधाम, असोज १५ गते । जनकपुरधाम उपमहानगरपालिका–२४ का वडाध्यक्ष उपेन्द्र सहनी निलम्बनमा परेका छन्। सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्षसहित वडा सचिव उपेन्द्र साहु तेली र विजय मण्डलविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचारको मुद्दा दायर गरेसँगै उनीहरू निलम्बनमा परेका हुन्। उनीहरूलाई घर र बाटो प्रमाणित गरिदिने बहानामा सेवाग्राहीसँग ४ लाख ५० हजार घुस लिएको आरोपमा नियन्त्रणमा लिइएको थियो।
अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले सेवाग्राहीसँग घुस माग गरेको सूचना तथा उजुरीका आधारमा छानबिन गरिएको जानकारी दिए। अनुसन्धानपछि तीनै जनाले मिलोमतोमा घुस लिएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरिएको उनले बताए।
कमेन्ट गर्नुहोस्
view comments