बाढी पहिरो र चाडपर्वको समयमा 'अपर फेयर' रोक्न नेपाल विद्यार्थी संघको माग

3 महीना पहिले प्रकाशित

काठमाडौं, असोज १५ — नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलाई पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। संघका अध्यक्ष दुजाङ शेर्पाका अनुसार, मंगलबार मन्त्रालयमा पुगेर बाढी पहिरोका कारण मुख्य राजमार्ग तथा सडक मार्ग अवरुद्ध भएको र चाडपर्वको समयलाई मध्यनजर गर्दै आफ्नो माग पेश गरेका हुन्।

संघले आन्तरिक उडानमा 'अपर फेयर' लागू नहुने निर्णयलाई निरन्तरता दिन माग गरेको छ। उनीहरूले विशेष रूपमा चाडपर्वको यात्रालाई सहज बनाउन यस्तो निर्णय आवश्यक भएको बताएका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?