अविरल वर्षा र पहिरोका कारण यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी

3 महीना पहिले प्रकाशित

काठमाडौं, असोज १५ गते । लगातारको वर्षा र पहिरोले राजमार्गमा सवारी साधनहरूको सेड्युल प्रभावित भएपछि यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन्। नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार, पहिरोका कारण धेरै गाडीहरू गन्तव्यमा समयमै पुग्न नसकेकाले यस्तो निर्णय गर्न लागिएको हो।

यातायात विभाग बेखबर, दसैँका लागि थप गाडी व्यवस्थापनको तयारी
यातायात व्यवस्था विभागका प्रवक्ता इश्वरीदत्त पनेरुले व्यवसायीहरूको अग्रिम टिकट बिक्री बन्द गर्ने निर्णयबारे कुनै जानकारी नभएको बताए। उनले दसैँका लागि थप गाडीहरू तयारीमा रहेको जनाउँदै, टिकट बन्द गर्ने अवस्था नआउन सक्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?