महोत्तरीमा बाढीको प्रकोप: दुई युवाको मृत्यु, एक बालिका उद्धार
3 महीना पहिले प्रकाशित
महोत्तरी , असोज १३ गते । बाढीको प्रकोपले महोत्तरीमा दुई युवकले ज्यान गुमाएका छन्। सोनीखोलाको बाढीमा परी १६ वर्षीय रोहित साह र बर्दिबास-१० झ्याउरे भाङ्ग्रे गाउँका २१ वर्षीय मानबहादुर थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले पुष्टि गरेको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारका अनुसार, रोहित साह सोनीखोलाको बाढी हेर्न जाँदा बगेका थिए भने शिरखोला तर्ने क्रममा लडेका थिङको निसासिएर मृत्यु भएको हो।
यसैबीच, सोनीखोलामा बग्न लागेको एक १२ वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ। उक्त बालिका रोहित साहसँगै बाढी हेर्न गएकी थिइन्।
कमेन्ट गर्नुहोस्
view comments