अविरल झरीले देशभर जनजीवन प्रभावित, केही ठाउँमा भारी वर्षाको सम्भावना
3 महीना पहिले प्रकाशित
काठमाडौं, असोज ११ गते । उपत्यकासहित देशका विभिन्न भागमा लगातारको झरीले जनजीवन प्रभावित गरेको छ। गए रातिदेखिको अविरल वर्षाका कारण काठमाडौँमा बिहानैदेखि जनजीवन अस्तव्यस्त बनेको छ, भने देशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भनी मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार आज दिनभर देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। विशेष गरी कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। तराईका केही भागमा हुरी बतासको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
आगामी २४ घण्टाभित्र कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा र बागमती, गण्डकी तथा लुम्बिनीका एक-दुई ठाउँमा अत्यधिक वर्षा हुने सम्भावनासहितको चेतावनी पनि दिइएको छ।
कमेन्ट गर्नुहोस्
view comments