लगातारको वर्षाले हवाई उडान प्रभावित: पहाडी र हिमाली क्षेत्रका उडान रद्द

2 वर्ष पहिले प्रकाशित

काठमाडौं, असोज ११ गते ।  लगातारको वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हवाई उडानहरू प्रभावित भएका छन्। विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार खराब मौसमका कारण धेरै आन्तरिक उडानहरू रोकिएका छन्। जनकपुर, भैरहवा, सिमरा, र धनगढीमा उडान भएको भए पनि अन्य विमानस्थलमा मौसम प्रतिकूलताका कारण उडान स्थगित भएका छन्।

पहाडी र हिमाली क्षेत्रका उडान रद्द गरिएको छ, र अन्य विमानस्थलहरू खुल्ने क्रममा रहेकाले दिउँसो मौसम खुलेमा उडान सम्भव हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?