काभ्रेको चारसयवेशीस्थित बिपी राजमार्गमा पहिरो: सडक एकतर्फी सञ्चालनमा
3 महीना पहिले प्रकाशित
काठमाडौं, असोज ११ गते । काभ्रेको रोशी गाउँपालिका-८ चारसयवेशीस्थित बिपी राजमार्गमा लेदो सहितको पहिरोले सडक अवरुद्ध भएको छ। शुक्रबार बिहान ९:१५ बजेदेखि आएको पहिरोका कारण सडक दुईतर्फी बन्द भएको थियो। प्रहरी टोलीले स्थानीय निकाय र सडक विभागसँग समन्वय गर्दै बाटो खुलाउने प्रयास जारी राखेको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन्। हाल सडक एकतर्फी सञ्चालनमा आएको छ। यसअघि बिहीबार रातिदेखि परेको पानीका कारण देशका विभिन्न स्थानमा पहिरो आउँदा सडक अवरोध भएको छ।
कमेन्ट गर्नुहोस्
view comments