रौतहटमा करेन्ट लागेर पुरुषको मृत्यु

8 महीना पहिले प्रकाशित

रौतहट, २८ भदौ। रौतहटको फतुवा विजयपुर नगरपालिका–५ डुमरियामा बिहीबार साँझ करेन्ट लागेर ४५ वर्षीय मुक्ति नारायण पटेलको मृत्यु भएको छ।

प्रहरीका अनुसार पटेल आफ्नो खेतमा सिँचाइका लागि विद्युतीय मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेको थियो। घटनापछि तत्कालै गम्भीर अवस्थामा रहेका पटेललाई अस्पताल लगिए पनि चिकित्सकहरूले मृत घोषित गरेका थिए।

यस घटनाको थप अनुसन्धान भइरहेको र स्थानीय सुरक्षा निकायहरूले आवश्यक विवरण संकलन गरिरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?