अख्तियारद्वारा वडा अध्यक्ष , सचिव र कार्यालय सहयोगी सहित तीन लाई रंगे हात पक्राउ
4 महीना पहिले प्रकाशित
जनकपुरधाम, भदौ २५ गते । धनुषा - जनकपुरको वडा नं. २४ बसहियाका वडा अध्यक्ष, वडा सचिव र कार्यालय सचिव रंगे हात पक्राउ । सेवाग्राही संग घारबाटो सिफारिशको लागि भन्दै साढ़े चार लाख रुपैया नगद सहित वडा अध्यक्ष उपेन्द्र सहनी, वडा सचिव उपेन्द्र साह र कार्यालय सहयोगी विजय मण्डललाई काठमाण्डु टंकालबाट आएका अख्तियार टोलीले पक्राउ गरेको छ ।
वडा कार्यालयमैं पक्राउ परेका तिनै जनालाई राखेर मुचलका उठाऊने कार्य अख्तियारले गरि रहेको छ भने अहिले केहि भन्न न मिल्ने भन्दै संचारकर्मी समेतलाई प्रवेश निषेध गरिएको छ । एता यस विसयमा धनुषा प्रहरी प्रमुखलाई सोधखोज गर्दा केहि भन्न न मिल्ने धनुषा प्रहरी प्रमुख भुनेस्वर तिवारीले बताएका छन । पक्राउ परेका वडा अध्यक्ष सहनी नेकपा एमालेबाट निर्वाचित भएका व्यक्ति हुन । सहनी नेकपा एमाले धनुषाका प्रभावकारी नेताहरुका खास व्यक्ति रहेको स्थानीयले जनाएका छन।
कमेन्ट गर्नुहोस्
view comments