८ लाख १९ हजारले पाए शेयर, मध्य भोटेकोशीको आईपीओ बाँडफाँट

5 वर्ष पहिले प्रकाशित

२०७८ कार्तिक १२ गते काठमाडौं 

मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणका लागि ८१ लाख ९० हजार कित्ताको आईपीओ निष्काशन गरेको थियो ।

स्वीकृत आवेदनमध्ये ८ लाख १९ हजार आवेदकलाई १० कित्ताका दरले पाएको कम्पनीको बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

जसमध्ये ९५ हजार ७२२ आवेदन रद्द भएको छ , कुल निश्कासन मध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो ।

मध्य भोटेकोशी जलविद्युत कम्पनीले सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकामा रन अफ रिभरमा आधारित जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाबाट १०२ मेगाबाट बिजुली निकालिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?