निजामती सेवा दिवस २०८१ : सरसफाइ र मानवसेवा आश्रमलाई सहयोग हस्तान्तरण
4 महीना पहिले प्रकाशित
गण्डकी, भदौ २० गते । निजामती सेवा दिवस २०८१ को अवसरमा कर्मचारी मिलन केन्द्र कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीको संयुक्त पहलमा आज पोखराको सहिदचोक र आसपासका कार्यालय क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले निजामती कर्मचारीले सार्वजनिक सेवा र सामाजिक उत्तरदायित्वसँगै काम गर्नुपर्नेमा जोड दिइन्। यसै अवसरमा, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले समाजमा सरसफाइप्रतिको चेतना अभिवृद्धिका लागि यस्ता कार्यक्रमहरूलाई निरन्तर अघि बढाउन आवश्यक रहेको बताए।
कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्यले केन्द्रले प्रत्येक महिनाको ५ गते पोखरा क्षेत्रमा सम्पदास्थलहरूमा सरसफाइ कार्यक्रम गर्दै आएको जानकारी दिँदै, निजामती सेवा दिवसको अवसरमा सहिदचोक लगायत आसपासका क्षेत्रहरूमा सरसफाइ गरिएको बताए। यस कार्यक्रममा नागरिक समाजका संयोजक रामबहादुर पौडेल, नागरिक अभियानका सदस्यहरू, सुरक्षा निकायका प्रतिनिधिहरू, र राष्ट्रसेवक कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्
view comments