धनुषामा तीनजना बालकको पोखरीमा डुबेर मृत्यु
4 महीना पहिले प्रकाशित
जनकपुरधाम, भदौ २० गते । मधेश प्रदेशको धनुषा जिल्लामा बुधबार साँझ एक दर्दनाक घटना घटेको छ, जहाँ तीनजना बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। लक्ष्मीनिया गाउँपालिका–७ स्थित पोखरीमा पौडी खेल्ने क्रममा १० वर्षीय आदित्यकुमार साह, ८ वर्षीय आयुश साह, र १४ वर्षीय सुशान्त साहको ज्यान गएको छ।
इलाका प्रहरी कार्यालय सखुवाका प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार बालकहरू आफन्तको घरमा गएका बेला पौडी खेल्न पोखरी पुगेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको र अन्य आवश्यक कानुनी प्रक्रिया पनि सुरु गरिएको जानकारी प्रहरीले दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments