जनकपुरधाममा निजी तथा संस्थागत बिद्यालयका बसहरुको आतंक

8 महीना पहिले प्रकाशित

धिरेश दत्त
जनकपुरधाम, भदौ १९ गते बुधबार।
जनकपुरधामः मधेश प्रदेशको राजधानी जनकपुरधाममा निजी तथा संस्थागत बिद्यालयका बसहरुलाई बाटैमा पार्किङ्ग गरि राख्दा सर्व–सधारण नागरिकहरु आतंकित भएकाछन् ।

जनकपुरधामको भानूचोक देखि कदमचोक जाने बाटेमा यो दृष्य सहजै हेर्न र बुझ्न सकिन्छ । बिहान ९ः३० बजे देखि ११ः०० बजे र दिउँसो ३ः३० देखि ४ः३० बजेको समयमा यदि कसैलाई भानूचोक देखि कदमचोक अथवा कदमचोक देखि भानूचोक जानुपर्दा यो समस्या सहजै देख्न र बुझ्न सकिन्छ । जनकपुरधामका केहि ठूला बडा बिद्यालयहरुले बाटो मै दुबैतिरबाट बस रोकि दुर्घटना निम्ताए पनि सम्बन्धित निकाय त्यस तर्फ ध्यान नदिएको सर्वसधारणहरुको आरोप छ ।

कसैलाई समयमै कार्यालय जानुपर्ने हतार,त कसैलाई अफ्नो सन्तानलाई बिद्यालय छोड्नुपर्ने हतार त कसैलाई पैदल आबत जाबत गर्ने बाध्यता रहे पनि उक्त सडक अबरुद्ध हुँदा आवतजावत गर्नेलाई सास्ती भोग्नुपर्ने बाध्याता यथाबत नैै रहेको छ ।यसमा बिद्यालयले प्रष्टै लापार्वाही गरेको देखिए पनि सम्बन्धीत निकाय मासिक रकम बुझ्नेगरि मौन बसेको हुनसक्ने स्थानीयहरुको आरोप छ । यहाँ दिनहुँ दुर्घटना निम्तिएपनि आवत जावतमा असहजता महसुस भएपनि सम्बन्धीत निकायले यसतर्फ कुनै चाँसो न देखाएको स्थानीय दिलीप झाको आरोप रहेको छ ।

यसै सन्दर्भमा संस्थागत बिद्यालयका छाता संगठन एन–प्याब्सनका केन्द्रिय उपाध्यक्ष ब्रजेन्द्र मिश्रले “सार्वजनिक बाटोमा यदि कसैले आफ््नो बिद्यालयको बसलाई पार्किङ्गगरि राखिन्छ भने यो सरासर गलत हो, त्यसलाई तुरुन्त सच्चिनुपर्ने दखिन्छ नत्र ट्राफिक प्रहरीहरुको के काम ? भनी प्रश्न गरे । ब्लुबुक र लाईसेन्स नहुनेलाई फाईन काटिन्छ भने बाटो नै रोकिने गरि बस पार्किङ्गगरि राख्दा पनि फाईन नकाटिनु यसको मतलब के ? प्रश्नगर्दै उहाँहरु पक्कै पनि महिनावारी उठाउनुहुन्छ बताए ।”

त्यस्तै, बिद्यालय ब्यवस्थापनसँग यसै सन्दर्भमा प्रतिक्रिया लिन खोज्दा उनीहरुले केहि बोल्न चाहेनन् । यो संस्थापक पक्षको कुरो हो यसमा हामीले केहि बोल्नुपर्ने देखिदैन नाम न छाप्ने सर्तमा एकजना शिक्षक कर्मचारीले ले बताए ।ट्राफिक प्रहरी बिद्यालय क्षेत्रबाट करिब पाँचसय मिटरको दूरीमा भानूचोमा भएपनि ट्राफिक ब्यवस्थापन गर्नुको सट्टा मुकदर्शक बनि टुलुटुलु हेरिरहेको हुन्छ तर सम्बन्धीत निकायको ध्यान त्यसतर्फ पुगेको देखिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?