मिथिलामा चौरचन पर्व नजिकिँदै गर्दा केराको माग उच्च

8 महीना पहिले प्रकाशित

भदौ १८ गते । धनुषासहित मधेशमा चौरचन पर्व नजिकिँदै गर्दा केराको माग उच्च भएको छ । मधेसका प्रायः बजार क्षेत्रका चोकचोकमा अहिले बिक्रीका लागि केरा राखिएका छन् । चौरचन पर्वका अवसरमा चन्द्रमालाई केरा चढाइने चलन छ । भदौ शुक्लपक्षको चौथी तिथिको चन्द्रमाको आराधना गरिने यो पर्व आउँदो शुक्रवार बेलुका मनाइँदैछ ।

चौरचन पर्व केराखेती गर्ने किसानलाई खास अवसर बन्ने गरेको छ । अहिले चौरचन पर्वको मुखमा बेचिएको केराबाट दुई लाख रुपैयाँ कमाइसकेको भङ्गाहा–४ रामनगरका किसान सत्यनारायण यादवले बताउनुभयो । जिल्लाभरिमा चौरचन पर्वमा ५० लाख रुपैयाँ हाराहारीको केरा किनबेच हुने महोत्तरी उद्योग वाणिज्य सङ्घको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?