रुस–युक्रेन युद्धमा ३६ नेपालीको मृत्यु, ६२ जना अझै बेपत्ता

4 महीना पहिले प्रकाशित

काठमाडौं,भदौ १७ गते । रुस–युक्रेन युद्ध सुरु भएको २०२२ को फेब्रुअरी २४ देखि हालसम्म ३६ जना नेपालीको मृत्यु भएको छ, यद्यपि सरकारले यो तथ्यांकलाई औपचारिक रूपमा सार्वजनिक गरेको छैन। परराष्ट्र मन्त्रालयले पुष्टि गरेका मृतकहरूमा राजकुमार रोका, शुक्रबहादुर तामाङ, प्रितम कार्की लगायत अन्य धेरै नेपाली छन्। त्यस्तै, ३३१ वटा निवेदन युद्धको कारण बेपत्ता भएका, घाइते भएका, वा स्वदेश फर्काउन माग गरिएको विवरणमा परेका छन्। केही नेपालीहरू युक्रेनी सेनाको कब्जामा रहेका छन् भने १६२ जना युद्धबाट स्वदेश फर्किइसकेका छन्।

रुसमा भर्ती भएका ६९९ नेपालीको विवरण सङ्कलन गरेर सरकारलाई बुझाइएको छ भने युद्धमा ६१ जनाको मृत्यु भएको र १७९ जना स्वदेश फर्किएको जनाइएको छ। पीडित परिवारले आफ्ना सदस्यहरूको उद्धार, क्षतिपूर्ति, र नेपाल फर्काइने व्यवस्था माग गरेका छन्। साथै, रुसी सेनामा आबद्ध रहेका नेपालीहरूको उद्धार गरी उनीहरूलाई नेपाल ल्याउने व्यवस्था गर्नुपर्ने भन्दै, नेपाल सरकारले तिनका तलब, भत्ता, र क्षतिपूर्ति दिलाउन पहल गर्नुपर्ने कुरामा पनि जोड दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?