देशभर डेंगु सङ्क्रमितको सङ्ख्या ६ हजार नाघ्यो, ७५ जिल्लामा फैलावट

4 महीना पहिले प्रकाशित

काठमाडौँ,भदौ १६ गते । देशभर डेंगु सङ्क्रमितको सङ्ख्या ६ हजार नाघेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार, गत मध्य माघयता ६ हजार ३४७ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। विशेषगरी तनहुँ, कास्की, पर्वत, चितवन र काठमाडौँमा पाँच सयभन्दा बढी डेंगु सङ्क्रमित रहेका छन्। देशका ७७ जिल्लामध्ये ७५ जिल्लामा डेंगु फैलिएको सरकारी तथ्याङ्कले देखाएको छ। डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक सरुवा रोग हो। यो लामखुट्टे विशेषगरी दिउँसो टोक्ने र सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा डेंगु सार्ने गर्दछ। चिकित्सकले डेंगुबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिने उपाय अपनाउन सुझाव दिएका छन्, किनकि यही उपाय नै डेंगुबाट बच्न सबैभन्दा प्रभावकारी मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?