फोहोर उठाउने विषयमा विवादका कारण बेल्चाको प्रहारबाट हत्या
4 महीना पहिले प्रकाशित
जनकपुरधाम, भदौ १४ – धनुषामा फोहोर उठाउने मामिलामा उत्पन्न सामान्य विवादले एक व्यक्तिको ज्यान लिएको छ। सिराहा नगरपालिका वडा नम्बर ३ का राकेश कुमार बर्माको हत्या, नेपाल आयल निगमको डिपोमा ज्यालादारीमा काम गर्ने कर्मचारी प्रकाश यादवद्वारा बेल्चाको प्रहारबाट भएको धनुषा प्रहरीले जनाएको छ। घटना बिहानै भएको थियो। धनुषा क्षिरेश्वरनाथ नगरपालिकामा कार्यरत यादवलाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ। पक्राउ परेका यादव धनुषा नगरपालिका वडा नम्बर ३ का निवासी हुन्। प्रहरीले थप जानकारी दिंदै मृतक बर्मा पूर्व पत्रकार भएको पुष्टि गरेको छ भने शवको मुचुल्का तयार गर्ने कार्य जारी रहेको धनुषा प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिएका छन्।
कमेन्ट गर्नुहोस्
view comments