नेपालबाट तीर्थयात्री लिएर गएको बस बिहारमा दुर्घटनामा, २५ घाइते

4 महीना पहिले प्रकाशित

जनकपुरधाम, भदौ ९ गते ।  नेपालबाट तीर्थयात्री लिएर गएको बस भारतको बिहारमा आज बिहान दुर्घटनामा परेको छ। ना७ख ६४४६ नम्बरको बस समस्तीपुरको मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा दुर्घटनाग्रस्त भएको जानकारी प्राप्त भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बसमा ४३ यात्री सवार थिए, जो देवघरतर्फ गइरहेका थिए। जागरण अनलाइनका अनुसार, दुर्घटनामा २५ जना घाइते भएका छन्, जसमा पाँच जनाको अवस्था गम्भीर छ। घाइतेहरूलाई समस्तीपुरस्थित एक क्लिनिकमा भर्ना गरिएको छ। दुर्घटनामा ट्रकले बसलाई ठक्कर दिएको जनाइएको छ। बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि गइरहेका तीर्थयात्रीको बस दुर्घटना भएको पालिका अध्यक्ष अशोककुमार जैलसवालले बताए। तीर्थयात्रीहरू जल चढाउन झारखण्डको देवघर जान लागेको समयमा यो दुर्घटना भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?