तनहुँमा बस दुर्घटना: मर्स्याङ्दी नदीमा बस खस्दा १४ जनाको मृत्यु, ६ अझै बेपत्ता
5 महीना पहिले प्रकाशित
दमौली, भदौ ७ गते। तनहुँको आँबुखैरेनी नजिकै पृथ्वीराजमार्गमा एक भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ। पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐना पहराबाट नदीमा खसेको थियो। बसमा भारतीय पर्यटकहरू सवार थिए। हालसम्म प्रहरीको अनुसार १४ जनाको शव निकालिएको छ भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रको टोलीले उद्धार कार्य जारी राखेको छ। प्रारम्भिक जानकारीअनुसार बसमा ३५ जना यात्रु सवार थिए, जसमा ६ जना अझै बेपत्ता रहेका छन्।
कमेन्ट गर्नुहोस्
view comments