प्रहरी सेवामा ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै २१ जना प्रहरी अधिकारीहरूले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आज प्रारम्भिक सुनुवाइ
काठमाडौं, भदौ ६ गते । प्रहरी सेवामा ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै २१ जना प्रहरी अधिकारीहरूले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ। वरिष्ठ प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठसहित २१ जना अधिकारीहरूले बुधबार सर्वोच्च अदालतमा उक्त रिट निवेदन दायर गरेका थिए, जसमा प्रहरी संगठनको ३० वर्षे सेवा अवधि खारेज गर्न माग गरिएको छ। सुनुवाइका लागि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा यो मुद्दा तोकिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, र प्रहरी किताबखानालाई विपक्षी बनाएर दायर गरिएको उक्त रिटमा ३० वर्षे सेवा अवधिको प्रावधानले प्रहरी संगठनमा पर्न सक्ने प्रभावबारे गम्भीर प्रश्न उठाइएको छ। यसै कारण, नेपाल प्रहरीका ९० जना अधिकारीहरू भदौ १५ गतेदेखि सेवा अवधि पूरा भएका कारण अनिवार्य अवकाशमा जान लागेका छन्। उमेर हद बाँकी भए पनि सेवा अवधि ३० वर्ष पुगेका कारण उनीहरूले अनिवार्य अवकाशमा जानुपर्ने अवस्थाको विरोधमा न्यायालय गुहारेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments