७४ जिल्लामा डेंगु फैलियो, देशभर ४ हजारभन्दा बढी सङ्क्रमित

5 महीना पहिले प्रकाशित

काठमाडौँ ,भदौ ४ । देशका ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार  ७७ जिल्ला मध्ये  ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो ।

देशभर ४ हजार ९७ डेंगु सङ्क्रमित भएका छन्  । मध्ये माघ यता सो सङ्ख्यामा डेंगु सङ्क्रमण देखिको छ । तनहुँमा सबैभन्दा बढी ७८१ जनामा डेंगु सङ्क्रमित देखिएको छ । मुस्ताङ , हुम्ला र जुम्ला बाहेक सबै जिल्लामा  डेंगु सङ्क्रमण फैलिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?