नापी कार्यालयको नयाँ सेवा सुरु, गौशालाका चार पालिका सेवाग्राहीलाई अब स्थानीयमै सुविधा
8 महीना पहिले प्रकाशित

जनकपुरधाम,भदौ २ गते । महोत्तरीको गौशालामा नापी कार्यालयको विधिवत् उद्घाटन गरिएको छ। तीन वर्षअघि स्थापना गरिएको यो कार्यालय आइतबार प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले उद्घाटन गरेर सेवा शुरू गरेका हुन्। स्थापना भएपनि प्राविधिक समस्याका कारण संचालनमा नआएको यो कार्यालय अब स्थानीय सेवाग्राहीहरूको लागि सुलभ हुने अपेक्षा गरिएको छ।
गौशालामा नापी कार्यालयको सेवा सुरु भएपछि यहाँका चार पालिका—गौशाला, सोनमा, सम्सी र औरही—का सेवाग्राहीहरूलाई सुविधा पुग्नेछ। २०७८ सालको वैशाख १७ मा स्थापना भएपनि कार्यालयका प्राविधिक समस्याका कारण सेवाहरू सञ्चालनमा आउन सकेका थिएनन्, जसले गर्दा स्थानीयलाई सदरमुकाम जलेश्वरबाट सेवा लिन बाध्यता थियो। गत साता जलेश्वरस्थित मालपोत कार्यालयबाट स्रेस्ता (मोठ) ल्याएपछि आइतबारबाट नापी सम्बन्धी कार्य प्रारम्भ भएको कार्यालय प्रमुख इन्जिनियर किसन साहले जानकारी दिए।
कमेन्ट गर्नुहोस्
view comments