झापाका रोशन बराईली सिरहाबाट पक्राउ, मोटरसाइकल चेकजाँचमा बरामद भयो सुनचाँदीका गहना
8 महीना पहिले प्रकाशित

काठमाडौं , भदौ २ गते । प्रहरीले सिरहाबाट सुनचाँदीका विभिन्न गरगहनासहित एक व्यक्तिलाई पक्राउ गरेको छ। सिरहा नगरपालिका वडा नम्बर ७ स्थित ग्रामीण सडक खण्डमा चौहर्बातर्फ जाँदै गरेको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा झापाका रोशन बराईलीलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, बराईलीको साथबाट बरामद गरिएका सुनचाँदीका गरगहनाको कुल मूल्य ५ लाख ५२ हजार ९०९ रुपैयाँ रहेको छ। बराईलीलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।
कमेन्ट गर्नुहोस्
view comments