महोत्तरीमा घरेलु विवादमा ४५ वर्षीय हबिब नदाफद्वारा श्रीमतीको कुटपिट गरी हत्या
8 महीना पहिले प्रकाशित

महोत्तरी , भदौ २ गते । महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा ४५ वर्षीय हबिब नदाफले आफ्नी ३६ वर्षीया श्रीमती रोशना खातुनको कुटपिट गरी हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलका अनुसार घरेलु विवादका क्रममा हबिबले श्रीमतीलाई शनिबार कठोर रूपमा कुटपिट गरेका थिए, जसका कारण उनको मृत्यु भएको प्रारम्भिक अनुमान छ।
रोशनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ। घटनापछि हबिब नदाफ फरार भएका छन्, र उनको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments