सप्तरीमा ट्रक दुर्घटना: २५ वर्षीय चालकको घटनास्थलमै मृत्यु
9 महीना पहिले प्रकाशित

राजविराज,साउन २९ गते । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिक -५ मा मंगलबार बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश -०३-००१ ख ८१८१ नम्बरको क्लिंकर लोड गरेको १२ चक्के ट्रक मोहनपुर पुलबाट १५/२० मिटरतल खसी दुर्घटना हुँदा चालक मोरङ उर्लाबारी-१ का २५ वर्षीय सबिन राईको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । ट्रकभित्र नै चेपिन गई चालक राईको घटनास्थलमा नै मृत्यु भएको थियो ।
कमेन्ट गर्नुहोस्
view comments