रौतहटमा मोटरसाइकल दुर्घटना: प्रहरी जवानको मृत्यु, एक घाइते

9 महीना पहिले प्रकाशित

रौतहट,साउन २७ गते । रौतहटको चन्द्रपुर नगरपालिका–६ स्थित तल्लोबजारमा आईतबार मोटरसाईकल दुघर्टना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । मोटरसाईकलको पछाडि बस्ने अर्का एक घाईते भएका छन् । चन्द्रनिगाहपुर–गौर सडकखण्डस्थित चन्द्रनिगाहपुरबाट सन्तपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–०३३ प ३३०१ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा २६ वर्षिय प्रहरी जवान नविनकुमार यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।मोटरसाईकल दुर्घटनामा परि जवान यादव गम्भीर घाईते थिए । उनलाई तत्कालै चन्द्रनिगाहपुरस्थित हाइवे ट्रमा अस्पतालमा लगिएको हो ।

यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनायो ।प्रहरी गुल्म बारा दरबन्दी भइ अस्थायी प्रहरी पोष्ट लँगडा चोक बारामा कार्यरत प्रहरी जवान यादव कार्यालयको काम विशेषले रौतहट आएको बेला दुर्घटनामा परेका हुन् । प्रहरीकाअनुसार उनको घर यसै वृन्दावन नगरपालिका–३ स्थित विश्रामपुरमा पर्छ । दुर्घटनामा परि मोटरसाईकलको पछाडि बस्ने वृन्दावन– १ २५ वर्षिय नविनकुमार चौधरीको बायाँ खुट्टामा चोट लागेको छ । उनको अवस्था समान्य रहेको प्रहरीले जनायो ।मृतक यादवको शव पोष्टमार्टमको लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको प्रहरीले जनायो । घटनाबारे अनुसन्धान भईरहेको ईलाका प्रहरी चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?