आज नाग पञ्चमी : नागको पूजा आराधना गरी मनाइँदै

5 महीना पहिले प्रकाशित

काठमाडौं ,साउन २५ गते ।  आज श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी। हिन्दु धर्मावलम्बीहरूले आज घरघरमा नागको पूजा गर्दै नागपञ्चमी पर्व मनाउँदैछन् । यस्तै, आज विभिन्न ताल तलैयाहरूमा पनि नागको पूजाअर्चना गरिन्छ ।नागपञ्चमीमा नाग सर्पजस्ता विषालु जीवको पूजा गर्नाले त्यसको भय कम हुने जनविश्वास रहिआएको छ । उपत्यकामा आज पशुपतिको वासुकी, नक्सालको नागपोखरी, चोभारको टौदह, ललितपुरको नागदह, भक्तपुरको नागपोखरी लगायतका स्थानमा मेला लाग्ने गर्दछ । 

यस दिन खेतबारीमा खनजोत गरिन्न । नाग र सर्प जस्ता घिस्रिने जनावरलाई मार्न हुन्न भन्ने मान्यता रहेको छ । घरको मूल ढोकामा त्यस्ता चित्र टाँसेर पूजा गर्दा वर्षभरि नै घरमा नाग र सर्पले दु:ख नदिने जनविश्वास पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?