रौतहटमा नक्कली प्रहरी पक्राउ परे
9 महीना पहिले प्रकाशित

रौतहट , साउन २४ गते । रौतहटमा एक नक्कली प्रहरी पक्राउ परेका छन्। पक्राउ परेका व्यक्ति स्थानीय माधवनारायण नगरपालिका-१ का २४ वर्षीय रमेश साह हुन्, जसलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको हो। जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीका अनुसार, उनीमाथि "सार्वजनिक अपराध" अन्तर्गत अभद्र व्यवहारको मुद्दा दायर गरी जिल्ला प्रशासन कार्यालय रौतहटबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।
गत मंगलबार राति ११ बजे गौर-चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत ड्डमरिया बजारमा रमेशले आफू सादा पोशाकमा रहेको घुमुवा प्रहरी हुँ भन्दै केही व्यक्तिको शारीरिक खानतलासी गरी पैसा असुल्ने योजना बनाएको सूचना इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा प्राप्त भएको थियो। सोही सूचनाका आधारमा साहलाई नियन्त्रणमा लिइएको र उनी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments