सर्लाहीमा पूर्व राज्यमन्त्री रायको धारिलो हतियार प्रहार गरी हत्या
9 महीना पहिले प्रकाशित

साउन ७ गते ।सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको आइतबार राति हत्या भएको छ । उनको साविक गाउँको घरमै धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । रगतले लतपतिएको अवस्थामा रायको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घरमा काम गर्ने रामउजैन रायका अनुसार तीन जना व्यक्ति रायलाई भेट्न राति आएकोमा उनी सँगै सुतेका थिए । चन्द्रनगर गाउँपालिका १ स्थित आफ्नै घरमा गए राति धारिलो हतियार प्रहार गरी उनको हत्या भएको प्रहरीले जनाएको छ ।
सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठका अनुसार अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी उनको हत्या भएको हो । प्रहरीले घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगेको छ ।
८० वर्षीया राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए । उनको हत्याको विषयमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments