मधेश प्रदेश सरकारको ठूलो मात्रामा बजेट फ्रिज

10 महीना पहिले प्रकाशित

असार २६ गते । मधेश प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०।०८१ मा पनि ठूलो मात्रामा बजेट फ्रिज भएको छ । चालु आर्थिक वर्षमा ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँ कुले बजेट थियो ।

साउन १ देखि असार २४ गते मध्यरातिसम्म चालु तर्फ २४ अर्ब ५९ करोड ४५ लाख ६५ हजार ६३२ रुपैयाँ मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । यो खर्च कुल बजेटको ५५।७५ प्रतिशत हो ।

चालु तर्फ १८ अर्ब ५३ करोड ८८ लाख ५८ हजार बजेट विनियोजन भएकोमा ९ अर्ब २९ करोड ७० लाख २ हजार १३७ रुपैयाँ मात्र खर्च भएको छ । यो खर्च चालु तर्फको कुल बजेटको ५०।१४९ प्रतिशत हो ।

पुजीँगत तर्फ ६० प्रतिशत खर्च पनि कट्न सकेन ।

पुँजीगत तर्फ २५ अर्ब ५७ करोड ५७ लाख ७४ हजार बजेट रहेकोमा १५ अर्ब २९ करोड ७५ लाख ६३ हजार ४९४ रुपैयाँ १६ पैसा मात्र खर्च भएको छ । यो खर्च ५९।८१३ प्रतिशत रहेको प्रदेह कोष लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

यसअघि आर्थिक वर्ष २०७९/०८० मा ४७ अर्ब २ करोड ५० लाख ५२ हजार ११७ रुपैयाँ कुल बजेट रहेकोमा २७ अर्ब ३३ लाख १२ हजार ८८८ रुपैयाँ ५२ पैसा मात्र खर्च भएको थियो । अर्थात् ४२।५८ प्रतिशत रकम फ्रिज भएको थियो ।

त्यस अघि आर्थिक वर्ष २०७८/७९ मा आधा बजेट नै फ्रिज भएको थियो । त्यस आ।व।मा ३४ अर्ब ८८ करोड ९८ लाख १० हजार बजेट मध्ये १७ अर्ब ७६ करोड ३६ लाख ७५ हजार ७४९ रुपैया बजेट मात्र खर्च भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?