बाराको जितपुर सिमरा उपमहानगरपालिकाको बजेट ल्याउने क्रममा कुर्सी तोडफोड
11 महीना पहिले प्रकाशित

असार १० गते । बाराको जितपुर सिमरा उपमहानगरपालिकाको नीति कार्यक्रम तथा बजेट ल्याउने क्रममा कुर्सी तोडफोड भएको छ।सोमबार बजेट ल्याउनको लागि बोलाइएको बैठकमा जनप्रतिनिधिहरुले कुर्सी तोडफोड गरेका हुन्। बजेट ल्याउन उपमहानगरले सोमबार तेस्रोपटक बैठक बोलाएको हो।
यसअघि दुई पटक बोलाइएको बैठकमा गणपुरक संख्या नपुगेकोले बैठक स्थगित गरिएको थियो। तेस्रो पटकको बैठकमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले अवरोध गर्न खोजेपछि कुर्सी तोडफोडसम्मको अवस्था आएको हो।
यसअघि मेयर राजन पौडेलको दल नेकपा माओवादी केन्द्रबाहेक नेपाली कांग्रेस, नेकपा एमाले, लोसपा र एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिधिहरुले नगरसभा बहिष्कार गर्दै आएका थिए। ६ र ८ असारमा नगरसभाको बैठक बोलाए पनि चार दल सहभागी नहुँदा स्थगित भएको थियो।
कमेन्ट गर्नुहोस्
view comments