रौतहटबाट पेस्तोलसहित एक युवक पक्राउ

10 महीना पहिले प्रकाशित

असार १० गते । रौतहटबाट पेस्तोलसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलले गौर नगरपालिका–२, महादेवपट्टिबाट भारतको जिल्ला सितामढी बैरगनिया ३ असोगी निवासी २१ वर्षीय राहुल रामलाई एक थान कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर प्लेट नखुलेको मोटरसाइकललाई सीमाक्षेत्रमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलको टुल बक्समा कटुवा पेस्तोफ फेला परेको हो ।

रामलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाइएको सशस्त्र प्रहरी बलको नम्बर ११ गणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?