दशगजा क्षेत्रमा भेटिएको शवको पहिचान खुल्यो

11 महीना पहिले प्रकाशित

जेठ ३१ गते । नेपाल भारत सीमा नजिकै पर्सास्थित दशगजा क्षेत्रमा भेटिएको दुई वटा शवको पहिचान खुलेको छ ।
गत मंगलबार नेपाल–भारत सीमा दशगजाको पर्साको जगरनाथपुर गाउँपालिका दशगजा नजिकै गाडिएको अवस्थामा दुई जनाको शव भेटिएको थियो ।

ती दुबै शवलाई प्रहरीले उत्खन्न गरि पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको छ ।

गाडिएको अवस्थामा भेटिएको शव बाराको कलैया उपमहानगरपालिका–६ का ६० बर्षिय रामएकबाल पण्डित कुम्हार र अर्को शव बाराकै आदर्श कोतवाल गाउँपालिका–७ घर भई कलैयामा बस्दै आएका ४० बर्षिय सुरेश ठाकुर लोहारको रहेको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले जानकारी दिए ।

दुबैजनाको शवको पोष्टमार्टम रिपोर्ट आई नसकेकाले हत्या किन र कसरी भएको भन्ने बारेमा अहिले अनुसन्धान भइरहेको उनले बताए ।

प्रारम्भिक अनुसन्धानको क्रममा बाराबाट दुबै जना सँगै पर्सा जिल्ला गएको भनि खुलेको भारतीले बताए ।

जगरनाथपुर गाउँपालिकाको बिसनपुर्वाबाट भारत बिहारको नगरदाहतर्फ जाने बाटोमा पर्ने ओरिया खोला नजिकै रहेको ४२१र५ नम्बरको सीमास्तम्भ नजिकै ती शव गाडिएको सशस्त्र प्रहरी र एसएसबीको संयुक्त गस्ती टोलीले फेला पारेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?