माटोको ढिस्कोले पुरिएर सप्तरीमा एकजनाको मृत्यु

1 वर्ष पहिले प्रकाशित

पुस २ गते । माटोको ढिस्कोले पुरिएर सप्तरीमा एकजनाको ज्यान गएको छ ।

सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिका-४ बनौलीका ४२ वर्षीय पर्शुराम यादवको माटोको ढिस्कोले पुरिएर ज्यान गएको हो ।

नदीको किनारमा पूजा गर्नका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिएर घाइते हुनुभएका उहाँको उपचारका क्रममा छिन्नमस्ता अस्पताल राजविराजमा ज्यान गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?