मधेश प्रदेश: ६ किलो गाजासहित एक युवक पक्राउ

1 वर्ष पहिले प्रकाशित

मंसिर २७ गते । पर्सा प्रहरीले गाजासहित एक जनालाई पक्राउ गरेको छ।
प्रतिबन्धित गाजासहित पक्राउ पर्नेमा वीरगञ्ज १६ नगवाका २३ वर्षका शेख सदाम रहेका छन् ।

उनको घरमा खाटमुनी कालो रंगको प्लाष्टिकको डब्बाभित्र राखिएक गाँजा ६ के.जी.५०० ग्राम, उक्त गाँजा तौल गर्ने डिजिटल तराजु २ थानसमेत बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता कुमार विक्रम थापाले जानकारी दिए ।

बारामा १५ कट्ठा खेतमा लगाएको गाँजा नष्‍ट
बारामा प्रहरीले १५ कठामा लगाइएको गाजा खेती नस्ट गरेको छ ।

बारा निजगढ नगरपालिका- ११ रतनपुरस्थित १५ कट्टा खेतमा अवैध रूपमा लगाएको गाँजा फडानी गरी नष्‍ट गरिएको बाराका प्रहरी प्रबक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?