मधेश प्रदेश: बसको ठक्करबाट एक वृद्धको मृत्यु

1 वर्ष पहिले प्रकाशित

कार्तिक ३० गते ।सर्लाहीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका ११, कडरियाका ८० वर्षीय मानबहादुर राई छन् ।

सर्लाही प्रहरीका अनुसार बुधबार राति हरिपूर्वाबाट काठमाडौंका लागि छुटेको ना६ख ९११७ नम्बरको बसले हरिवनको कडरिया चोकमा ठक्कर दिँँदा राई गम्भीर घाइते भएका थिए ।

राईको उपचारका क्रममा बुधबार राति एलएस न्यूरो अस्पताल बारामा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा छ । चालक फरार रहेका र बस व्यवसायी संघ तथा बस धनीसँग समन्वय गरी खोजी भइरहेको हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?