सर्लाहीमा लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ

1 वर्ष पहिले प्रकाशित

कार्तिक २७ गते । सर्लाही प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको हरिपुर नगरपालिका ४ बस्ने जयनाथ महतोको कान्छी श्रीमती २८ वर्षीया रुन्ची देवी महतो रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

जयनाथको घरमा गाँजा लुकाई छिपाई राखि रहेको छ भन्ने गोप्य सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलिले उनको घर कोठा चेकजाँच तथा खान तलासी गर्दा रुन्चि देवी महतो फुसको घरको कोठा भित्र खाट मुनि प्लाष्टिकमा प्याक गरी प्लाष्टिकको डोरीले बाँधी लुकाई छिपाई राखेको ५ पोका जम्मा २५ किलो ला।औ।गाँजा र डिजिटल तराजु १ थान समेत बरामद गरेको प्रहरीले जनाएका छन् ।

यस सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?