सप्तरीबाट स्रोत नखुलेको करिब ११ लाख रुपैयाँसहित एकजना पक्राउ

2 वर्ष पहिले प्रकाशित

कार्तिक १३ गते । सप्तरी प्रहरीले स्रोत नखुलेको करिब ११ लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका वडा नं. ३ का ३९ वर्षीय जयप्रकाश यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

सोमबार बिहान छिन्नमस्ता–३ स्थित विष्णुपुर–सखडा नहर सडकखण्डमा प्रहरी चेकजाँचका क्रममा मधेश प्रदेश २–०१–००१ प ०७०८ नम्बरको मोटरसाइकलमा सवार यादवको साथबाट १० लाख ९८ हजार रुपैयाँ बरामद भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।

उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?