मधेश प्रदेश : प्रधानाध्यापक रुपेश स्वर्णकारको मृत्यु

2 वर्ष पहिले प्रकाशित

कार्तिक १३ गते ।बारामा अज्ञात समूहले प्रहार गरेको गोली लागेर गम्भीर घाइते भएका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।

सोमबार दिउँसो करिब २ बजेको समयमा उपचारका क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु उनको मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए।

सोमबार दिउँसो करिब सवा १ बजेतिर शिक्षक स्वर्णकारलाई मोटरसाइकल चढेर आएका व्यक्तिहरूले गोली प्रहार गरेका थिए। उनको घाँटी र टाउकोमा गोली लागेको थियो।बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलमा बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल स्वर्णकारमाथि अज्ञात समूहले गोली प्रहार गरेका थिए।

दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेका थिए ।

गोली चलाउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?