सप्तरीबाट १०० वटा वाकीटकी बरामद

2 वर्ष पहिले प्रकाशित

असोज १४ गते । चोरीपैठारीका १०० वटा वाकीटकी सेट सशस्त्र प्रहरीले सप्तरीबाट बरामद गरेको छ ।

भारतबाट अवैध रुपमा ल्याउँदै गरेको ८ लाख रुपैयाँ बराबरको वाकीटकी सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताले छिन्नमस्ता गाउँपालिका २ मोहनपुरबाट बरामद गरेको हो ।

सेट ल्याउने व्यक्ति गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथै फरार भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

विशेष गरी सुरक्षाकर्मीले प्रयोग गर्ने रेडियो सेट के प्रयोजनको लागि ल्याइएको थियो भन्ने खुल्न नसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?