मधेश प्रदेश :३२ केजी लागुऔषध चरेससहित एक जना पक्राउ
2 वर्ष पहिले प्रकाशित

वीरगञ्ज,असोज ८ गते । प्रहरीले पर्साबाट ३२ केजी लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ।
चरेससहित पर्साको ठोरी गाउँपालिका–४ विजयबस्ती बस्ने ३४ वर्षीय क्षेत्रबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
जिराभवानी गाउँपालिका–१ गम्हरियास्थित सडकखण्डमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्ज तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले चेकजाँचको क्रममा चरेससहित उनलाई पक्राउ गरेको हो।
सुवर्णपुरबाट वीरगञ्जतर्फ ना ६१ प ९७०० नम्बरको मोटरसाइकलमा आउँदै गरेका श्रेष्ठको साथबाट ६४ प्याकेटमा रहेको ३२ केजी चरेस बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए। श्रेष्ठलाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको थापाले बताए।
कमेन्ट गर्नुहोस्
view comments