सर्लाहीमा एक युवक माथी चक्कु प्रहार
2 वर्ष पहिले प्रकाशित

असोज ८ गते ।
सर्लाहीमा एक युवक माथी चक्कु प्रहार भएको छ ।
जिल्लाको दक्षिण-पश्चिम भेगस्थित बलरा नगरपालिकामा आइतबार साँझ चक्कु प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् ।
बलरा-६, बस्ने १७ वर्षीय अनिस साहलाई स्थानीय ५० वर्षीय मदन पासवानले पुरानो रिसिबीका कारण चक्कु प्रहार गरेका हुन् ।
चक्कु प्रहारबाट घाइते भएका युवकको प्रादेशिक अस्पताल मलंगवामा उपचार चलिरहेको छ ।
चक्कु प्रहार गर्ने मदनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments