पर्सामा धारिलो हतियार प्रहार गरी घरभित्रै एकल महिलाको हत्या

2 वर्ष पहिले प्रकाशित

असोज ३ गते ।पर्सामा धारिलो हतियार प्रहार गरी घरभित्रै एकल महिलाको हत्या भएको छ ।

हत्या हुनेमा जगरनाथपुर गाउँपालिका ५ मसियानीकी ५५ वर्षीया कान्तीदेवी बिन छन् ।

हिजो मंगलबार अपराह्न ४ बजे उनको शव हत्या भएको अवस्थामा घरभित्रै ओछ्यानमा फेला परेको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए ।

घरमा एकलै बस्दै आएकी बिन हिजो दिउँसो सम्म नउठेपछि स्थानीयले घर खोलेर हेर्दा हत्या भएको अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिए ।

उनको छोराछोरी भए पनि बिवाह गरेर अलग्गै बस्दै आएका छन् । उनको सोमबार राति नै हत्या भएको हुन सक्ने प्रहरको अनुमान छ ।

हत्यामा संलग्न हुन सक्ने आशंकामा दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डिएसपी थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?