प्रतिनिधिसभा सदस्य प्रभु साहविरूद्द गाली बेइज्जतीको मुद्दा दर्ता
2 वर्ष पहिले प्रकाशित

भदौ २७ गते ।आम जनता पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहविरूद्द गाली बेइज्जतीको मुद्दा दर्ता भएको छ ।समाजवादी युवा संघ, रौतहटका इन्चार्ज सन्जीव कुमार यादवले जिल्ला अदालत गौरमा साह बिरूद्द गाली बेइज्जती मुद्दा दर्ता गरेका हुन् ।
उनले दर्ता गरेको मुद्दामा साहसहित सोही पार्टीका नेताहरू उपेन्द्र साह, अमर साह, चन्देस्वर साह र चन्द्रभुसन साहलाइ बिपक्षी बनाएका छन् ।
सांसद साहको निर्देशनमा आफुलाइ घेरा हाली हातपात गर्नुको साथै गाली बेइज्जत गरी आफ्नो मानमर्यादा र प्रतिष्ठामा आँच पुर्याउने काम गरेको उनको अभियोगमा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्
view comments