एमालेले अष्टलक्ष्मी शाक्यलाई वाग्मती प्रदेशको मुख्यमन्त्री बनाउने

5 वर्ष पहिले प्रकाशित

२०७८ भदौ २ गते

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा एमालेले अष्टलक्ष्मी शाक्यलाई बनाउने भएको छ । डोरमणि पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिने भएपछि शाक्यलाई एमालेले मुख्यमन्त्री बनाउन लागेको हो ।

बुधबार प्रदेशसभा सचिवालयमा बसेको एमाले संसदीय दलको बैठकले शाक्यलाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको थियो ।पौडेलले राजीनामा दिएपछि शाक्यलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ,सांसद अरुण नेपालले भने ।

वाग्मती प्रदेशमा सभामुखसहित १०९ जना सांसद छन । तीमध्ये ५६ जना एमालेका छन् । एमालेका ५६ सांसदमध्ये २३ जना नेपाल पक्षका छन् ।

प्रदेशमा सरकार बनाउनका लागि ५५ जना सांसद भए पुग्छ । बुधबार शाक्यलाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गर्दा ४९ जना सांसदहरुको उपस्थिति रहेको थियो भने ७ जना सांसदहरु अनुपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?