माधवकुमार नेपालले एमालेको मौजुदा २०३ केन्द्रीय सदस्यमध्ये ५८ जनाको सूची बुझायो
5 वर्ष पहिले प्रकाशित
२०७८ भदौ २ गते
निर्वाचन आयोगमा दल दर्ताका लागि आफैँ पुगेका नेता माधवकुमार नेपालले एमालेको मौजुदा २०३ केन्द्रीय सदस्यमध्ये ५८ जनाको सूची बुझाएका छन्।
दल विभाजनसम्बन्धी २० प्रतिशतको नियमअनुसार नयाँ दल दर्ताका लागि ४१ केन्द्रीय सदस्य भए पर्याप्त हुन्छ।
माधव नेपाल दल दर्ताका लागि केन्द्रीय सदस्यहरुको सूची बोकेर आफैँ निर्वाचन आयोग पुगेका हुन्।
नेपाल अध्यक्ष रहेको पार्टीको नाम नेकपा एमाले समाजवादी रहनेछ भने चुनाव चिह्न खुला पुस्तक रहनेछ।
कमेन्ट गर्नुहोस्
view comments