कुलमान घिसिङलाई प्राधिकरणमा ल्याउने निर्णयविरुद्ध हितेन्द्रदेव शाक्य सर्वोच्चमा
5 वर्ष पहिले प्रकाशित
२०७८ साउन ३२ गते
हितेन्द्रदेव शाक्यले आफूलाई नेपाल विद्युत् प्राधिकरणमा पुनःबहालीको माग गर्दैै सर्वोच्चमा रिट निवेदन दिएका छन्।
शाक्यले आफूलाई हटाएर कुलमान घिसिङलाई प्राधिकरणमा लैजाने निर्णय खारेज गर्न माग गर्दै सोमबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएको सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।
शाक्यले आफ्ने सहमति बेगर ऊर्जा आयोगमा सरुवा गर्ने निर्णय गैरकानुनी भएको जिकिर गरेका छन्।
सरकारले साउन २५ गते शाक्यलाई उर्जा आयोगको विज्ञमा रुपमा सरुवा गरेर घिसिङलाई प्राधिरणमा नियुक्त गरेको थियो।
कमेन्ट गर्नुहोस्
view comments