झारखण्डको विद्यार्थी आन्दोलनप्रति भाजपा विधायक मैथिली ठाकुरको समर्थन, ‘सरकारले वार्ता गर्नुपर्छ’

23 घन्टा पहिले प्रकाशित

एजेन्सी, श्रावण २२ गते ।  झारखण्डमा जारी जेपीएससी–जेएसएससी परीक्षार्थी तथा विद्यार्थीहरूको आन्दोलनप्रति भारतीय जनता पार्टी (भाजपा)की अलीनगर विधानसभा सदस्य मैथिली ठाकुरले समर्थन जनाएकी छन्। उनले आन्दोलन शान्तिपूर्ण र अनुशासित रहेको भन्दै प्रभावित भएको प्रतिक्रिया दिएकी हुन्। राँचीस्थित जयपाल सिंह मुन्डा स्टेडियममा विगत केही दिनदेखि विद्यार्थीहरू विभिन्न माग राख्दै आन्दोलनमा छन् भने छ जना विद्यार्थी आमरण अनशनमा बसेका छन्।

मैथिली ठाकुरले झारखण्ड सरकारले आन्दोलनरत विद्यार्थीसँग औपचारिक वार्ता गरी उनीहरूको गुनासो सम्बोधन गर्नुपर्ने बताइन्। उनले सामाजिक सञ्जालमा देखिएका भिडियो, भाषण र गतिविधिले विद्यार्थीको व्यवहार प्रशंसनीय रहेको उल्लेख गर्दै लोकतन्त्रमा सबै नागरिकलाई आफ्ना माग राख्ने अधिकार रहेको धारणा व्यक्त गरिन्। साथै, भविष्यमा परीक्षामा कुनै पनि प्रकारको अनियमितता हुन नदिन कडा नियम लागू गर्नुपर्ने उनको भनाइ छ। यता, झारखण्ड उच्च अदालतले पनि संवैधानिक निकाय रहेको झारखण्ड लोक सेवा आयोग (जेपीएससी) का अध्यक्षको पद लामो समय रिक्त राख्न नहुने टिप्पणी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?